‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि

निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि भएको छ । चलचित्रका निर्माता किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै विभिन्न देशको विदेश राइट्स बिक्रि भएको जानकारी दिएका हुन् ।
आगामी असार २५ गतेबाट फ्लोरमा जाने चलचित्रको अहिले प्रिप्रोडक्सनको काम धमाधम भइरहेको छ । स्टारकास्टका कारण छायांकन अगावै चलचित्रको विदेश राइट्स बिक्रि भइरहेको छ । निर्माता नेपालीले चलचित्र नेपाल र विदेशमा एक साथ रिलिज गर्ने तयारी भइरहेको पनि बताए ।
रेड बर्ड प्रोडक्कसनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सुशन प्रजापतिको छायांकन रहने चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिह ठकुरी, बुदि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकास घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुस्मा निरौला, रविन्द्र झा, रियर राई, अनुप न्यौपाने, काजल रिमाललगायतका कलाकारको अभिनय रहनेछ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung