Mahajatra

‘हासिखुशी’मा पोखियो बिदेशीएको श्रीमानलाई श्रीमतिले दिएको धोका

२०७८ फागुन १८
‘हासिखुशी’मा पोखियो बिदेशीएको श्रीमानलाई श्रीमतिले दिएको धोका

तारा अधिकारीको शब्द रहेको गीत ‘हासिखुशी’ सार्वजनिक गरिएको छ । प्रबिण भेडवालको स्वर रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ ।

बिदेशीएको एक युवाको श्रीमतीले दिएको धोका गीतको शब्दमार्फत पोखिएको छ । साहुको रिण अनि आमाको गहना बेचेर बिदेशीएको एक युबाको कमाई समेत लिएर अन्य युबकसँग भागेकी श्रीमतिको मार्मिक कथा गीतमा पोखिएको छ ।

गीतको भिडियोमा जीवन भट्टराई, रमा थपलिया, रामचन्द्र अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । सागर बाबु भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतिको छायाँकन र प्रविण भट्टको सम्पादन रहेको छ ।