चितवनका स्कुल-कलेजदेखि मेला-महोत्सवसम्म ‘हर्ष’को प्रचार
मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ निर्माण टिम प्रचारको लागि चितवन पुगेको छ । चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो । त्यसैले पनि उनी चितवनमा सञ्चालीत विभिन्न स्कुल, कलेजदेखि मेला महोत्सवसम्म पुगेर सिनेमाको व्यापक प्रचार गर्दैछिन् ।
यो सिनेमाको टिमले आज विहान चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । त्यसलगत्तै ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई सिनेमाको बारेमा जानकारी दिएको थियो । आजै सिनेमाको टिमले खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा पुगेर दर्शकसँग भेटघाट गरेको छ ।
निर्देशक एकता पौडेल, कलाकारहरु वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्रीको लगायत चितवन पुगेर सिनेमाको बारेमा जानकारी दिएका हुन् ।
चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक एकता पौडेलले आफु चितवनको चेली भएकाले ‘हर्ष’ले चितवनवासीको माया पाउने बताइन् । ‘मैले धेरै मेहनत गरेर सिनेमा निर्माण गरेकाले सवैको साथ र सहयोग पाउने अपेक्षा छ । यो सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतले ‘हर्ष’ एउटा पारिवारिक भएकाले सवैले मन पराउने विश्वास व्यक्त गरिन् ।
कलाकार सन्तोष पन्तले एउटा महिला निर्देशकले मेहेनेत गरेर सुन्दर सिनेमा निर्माण गरेकाले सवैले हेरेर साथ दिन आग्रह गरेका थिए । कोरियोग्राफर सुनिल क्षेत्रीले सिनेमा राम्रो बनेको हुँदै आज चितवनमा आयोजित महोत्सवमा विशेष प्रस्तुति लिएर आफु उपस्थिति भएको बताए ।
चितवनमा नै सम्पूर्ण छायांकन भएको सिनेमा ‘हर्ष’ निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
Latest Updates
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
-
दिपकराज गिरी भन्छन् – भाद्र २३/२४ को आन्दोलन गलत प्रमाणित नहोस् !
-
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Max Nepal, Rajan Kunwar, Pooja Chaudhary
