Kumari Bank

फागुन २१ मा चलचित्र ‘गोर्खे’ प्रदर्शन हुने

लेन्सनेपाल २०७७ माघ २०
फागुन २१ मा चलचित्र ‘गोर्खे’ प्रदर्शन हुने

चलचित्र ‘गोर्खे’ फागुन २१ गते बाट देशैभर प्रदर्शनमा आउने भएको छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा चलचित्रमा समाबेश छ । चलचित्रमा रबिन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति रहेको चलचित्रका निर्माता तिर्थ राम कोजु र हरि थापा हुन् ।

किम्मत गौतमको निर्देशन रहेको चलचित्रमा सौरभ लामा र निरज कंडेलको छायाँकन, काजी लिम्बुको लेखन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ ।