चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक
चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ ।
असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्र कमेडी जनरामा निर्माण भएको हो । चलचित्रको गीत पछिल्लो समय निकै चर्चामा छ । यसैविच सार्वजनिक ट्रेलरमा पनि दर्शकको ध्यान तान्न सक्ने कमेडी र इमोशनका दृष्यहरु समावेश छन् ।
रेड आइ फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्रमा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन र अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
