‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुल्ला
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मंगलबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो तारिफ पाएको चलचित्रले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शोज पाएको छ ।
यो चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका ४० स्क्रिनमा ५७ शो पाएको छ । यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई चलचित्रज्ले १३ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ५ शोज दिएका छन् । बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति चलचित्रज्, रञ्जना सिनेप्लेक्स, सिके चलचित्रज्, कीर्तिपुर चलचित्रज् जस्ता मल्टीप्लेक्सहरुमा पनि चलचित्रले राम्रो शो पाएको छ । काठमाडौंबाहिरका हलमा पनि चलचित्रलाई प्राप्त शोज संख्या राम्रो देखिन्छ ।
शुक्रबारसम्ममा करिब ३०० हाराहारी शो चलचित्रले पाउने विश्वास निर्माण टिमलाई छ । चलचित्रले प्रिमियरका पाएको प्रतिक्रिया र प्रचार सामाग्रीबाट मिलेको हाइपले गर्दा चलचित्रले बक्सअफिसमा राम्रो सुरुवात गर्ने विश्वास निर्माता र वितरकको छ । शुक्रबारबाट मिल्ने दर्शकको साथ र वर्डअफ माउथले शो र व्यापार दुवैमा बढोत्तरी मिल्ने आशा निर्माण कम्पनिको छ ।
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । चलचित्र असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
