Harsh
PR Banner

केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग

२०८२ कार्तिक २३
केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग

चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

संघले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ । यही अभियानअन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, “म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु । यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ । पत्रकारहरू नै हाम्रो सिर्जनालाई द​र्श​कसम्म पुर्‍याउने माध्यम हुन्, उनीहरूको सहयोग हाम्रो दायित्व पनि हो ।”