‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा चार दिन सम्म चल्ने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
बिहान ९ बजेदेखि सुरु भएको महोत्सवमा पहिलो दिन तीन वटा हलमा विद्यार्थीहरूले निर्माण गरेका सात वटा लघु चलचित्र प्रदर्शन गरिएको छ । महोत्सवमा हुने निर्देशनसम्बन्धी कार्यशालामा भारतका प्रसिद्ध निर्देशक कबिर खानको उपस्थिति रहनेछ ।
पुरस्कारका विभिन्न विधाहरूमा प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड रहेका छन् । यस पटक ‘बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड’ थप गरिएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
