Mansara

फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न, उत्कृष्टले पाए लेन्स पुरस्कार

२०७७ फागुन १०
फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न, उत्कृष्टले पाए लेन्स पुरस्कार

तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा फागुन ६ गते बिहिबारबाट सुरु भएको कार्यशाला फागुन ८ गते सम्पन्न भएको हो ।

४० भन्दा बढी पत्रकारहरु सहभागी कार्यशालाको समापन प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी रहेको कार्यक्रम चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिकामा खेलेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । दाहालले क्षमता विकास गर्ने कार्यमा बोर्ड सधै सहकार्य गर्न तयार रहेको समेत प्रस्ट्याए । उनले आउँदो श्रावणमा हुन लागेको विकास बोर्डको बार्षिकोत्सवमा एक जना फोटोग्राफरलाई पुरस्कृत गर्ने घोषणा समेत गरेका छन् ।

संघले प्रशिक्षार्थी मध्येबाट उत्कृष्ट फोटो खिच्ने एक जनालाई लेन्स पुरस्कार दिइएको छ । उक्त पुरस्कार योगेन्द्र भुजेलले प्राप्त गरेका छन् । कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिएका थिए ।

Mahajatra