कोरोना संक्रमण बढेपछि कलाकार संघका कार्यक्रम स्थगित
कोरोनाको संक्रमणको ग्राफ बढ्दै गएकोले नेपाल चलचित्र कलाकार संघले पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेको छ । संघका उपाध्यक्ष तथा प्रवक्त मोहन निरौलाद्वारा बुधवार जारी गरिएको प्रेस विज्ञप्तीमा संघले गर्न लागेको कलाकारबीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रमहरु हाललाई स्थगित गरिएको उल्लेख छ ।
साथै लकडाउन हटेपनि नेपालमा कोभिड–१९ को जोखिम दिन प्रतिदिन भयावह बन्दै गइरहेको अवस्थामा सम्पूर्ण नेपालीका साथै चलचित्रकर्मीहरुलाई विशेष सावधानी अपनाउन अपील गरिएको छ । संघले विज्ञप्ति मार्फत सम्पूर्ण जन समुदाय तथा विशेष गरेर चलचित्रकर्मीहरुलाई सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणबाट सुरक्षित गर्न अपिल समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ — 'स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने जोखिम बढिरहेको छ । यसो हुनुमा हामी आफैं संक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायलाई गम्भिरतापूर्वक पालना गरिरहेका छैनौं । यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणबाट बचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउँछ । संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सावुन पानिले हात धुने, भीडभाड भएको ठाउँमा नजाने, भीडभाड नगर्ने, मास्क लगाउने, अति आवश्यक काम पर्दा मात्र घरबाट बाहिर निस्कने गरेमा कोरोनाको जोखिमवाट बच्न सक्ने सम्भावना छ ।’
विज्ञप्तीमा अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिबद्व भएको भन्दै कोरोनाको प्रकोपको संक्रमण कालमा संघले राहतको विभिन्न सेवा प्रदान गर्दै आइरहेको, अझै पनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने संघलाई जानकारी गराउँदा संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको उल्लेख गरिएको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
