‘फेरि रेशम फिलिली’को गीत ‘फेरी जालमा’ सार्वजनिक

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच ‘फेरी जालमा’ बोलको गीत रिलिज गरिएको हो ।
करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो वेला ‘रेशम फिलिली’ चलचित्रले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, चलचित्र प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि प्रदर्शन रोकिएको थियो ।
चलचित्रको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत जालमाको समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत आज एक कार्यक्रमका बीच रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन् । गायनमा काली र सोमिया बराईली रहेका छन् ।
गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेको गीतमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।
निरज महर्जनको कथा र निर्देशन रहेको चलचित्रमा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । चलचित्रमा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
चलचित्रमा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
चलचित्र आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।




Latest Updates
New Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora
Next Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi