गोदावरीका बाढी प्रभावित ८५ परिवारलाई कलाकार संघको राहत
नेपाल चलचित्र कलाकार संघले हालै बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।
असोज दोस्रो सातामा आएको भारी वर्षा र बाढीले प्रभावित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का ८५ परिवारलाई सोमबार वडा अध्यक्ष राज घिमिरेको उपस्थितिमा कम्बल प्रदान गरेको हो ।
कलाकार संघ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताए । अमेरिका शाखाले अमेरिकन डलर १०७८ सहयोग रकम नेपाल पठाएको थियो । सोही रकमबाट कम्बल खरिद गरि प्रदान गरिएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
