‘एक्लो – १’का लागि बनाइदै रकेटको सेट

२०८० चैत्र २६
‘एक्लो – १’का लागि बनाइदै रकेटको सेट

प्रदिप शाहीको निर्देशन रहने साईफाई – जोम्बी थ्रिलर चलचित्रको नाम ‘एक्लो – १’ राखिएको छ । थिम पोष्टर सार्वजनिक गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो ।

निर्माणपक्षले चलचित्र सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । निर्देशक शाहीले चलचित्र तीन भागमा निर्माण हुने बताए । सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेस सुटमा प्रस्तुत गरिएको छ । स्पेससुटमा नेपालको झण्डा अंकित भएको देख्न सकिन्छ । स्पेससुट लगाएका पात्र को हुन स्पष्ट नभएपनि चलचित्रका प्रमुख अभिनेता प्रदिप खड्का रहेको अनुमान गर्न सकिन्छ । यसैगरी पोस्टरमा एक जोम्बी अनुहारलाई नेपथ्यमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा प्रदिपका अलावा वेनिशा हमाल, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको अभिनय रहनेछ । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ । चलचित्र साउनको अन्तीमबाट छायाँकनमा जाने तयारीमा रहेको छ।