Harsh

‘एक्लो’को गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक

२०८२ असोज २९
‘एक्लो’को गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक

चलचित्र ‘एक्लो’को प्रमोशनल गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वप्निल शर्माको शब्द, रोहित शाक्यको संगीत र शान्ती श्री परियारको स्वर रहेको छ । कविता नेपाली र सागर रानाको कोरियोग्राफी रहेको गीतमा कविता नेपाली फिचर्ड छिन् । 

प्रदीप शाहीको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।

एनआरएन समुहको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । चलचित्रमा अभिनेता प्रदीप खड्काले पनि लगानी गरेका छन् ।

चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, राजु तामाङको द्वन्द्व निर्देशन र राजु पेन्टरको सेट डिजाइ रहेको छ । चलचित्रलाई आगामी पुष पुष १७ गते प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।