चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक
भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगरलगायतलाई देख्न सकिन्छ ।
सार्वजनिक ‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् । पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन् । यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ । सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ । त्यस्तै, पोस्टरमा विपिन कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन् ।
अन्तरजातीय प्रेमकथामा आधारित रहेको चलचित्रमा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रको कथा निर्देशक झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
