‘दुई कदम’को टिजर सार्वजनिक

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनाको दिन पारि सार्वजनिक गरिएको टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । टिजरमा अभिनेता सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारीलाई स्थान दिइएको छ ।
उदय सुब्बाको निर्देशन रहेको चलचित्र अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको हो । आगामी मंसिर २९ गतेबाट रिलिज हुने चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रमा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ भने एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।
मुस्ताङमा एक गीतको छायांकन गरिएको चलचित्रको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
Latest Updates
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
-
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak