Modibeni
Numbari Sun

‘डिग्री माइला’को टिकट बुकिङ खुल्ला, देशभर उच्च शोज

२०८० चैत्र २८
‘डिग्री माइला’को टिकट बुकिङ खुल्ला, देशभर उच्च शोज

प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ले वक्सअफिसमा उल्लेख्य ब्यापार गर्ने संकेत गरेको छ । चलचित्र घरहरुले दिएको शो संख्याले यस्तो संकेत गरेको हो ।

यो समाचार तयार पार्दा चलचित्रले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ । यसमा अझ केही शो संख्या थपिने अनुमान छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, बुद्धी तामाङ, प्रकाश घिमिरे, ऋचा शर्मा, कमलमणी नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।

हालसम्म चलचित्रले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । प्राप्त शोलाई भरपुर सदुपयोग गर्न सकेमा चलचित्र शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको वितरक गोविन्द शाहीले बताए । शाहीका अनुसार चलचित्रले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढिको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् । चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।
 

Gharjwai