Mansara

दिपक जी अरुले अवार्ड पाउँदा मिलेमतो अनि तपाईले पाउँदा निश्पक्ष हुने हो !

२०७९ बैशाख ६
दिपक जी अरुले अवार्ड पाउँदा मिलेमतो अनि तपाईले पाउँदा निश्पक्ष हुने हो !

आलोचकबाट बच्नका लागि गिरीले उल्टै आयोजक र जुरी प्रति मिलेमतो र प्रियजनलाई अवार्ड दिने गरेको आरोप लगाए र आफु कुनै पनि अवार्डमा सहभागी नहुने उद्घोष गरे । तर, उनले यो आरोपको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । आफुले पाएका अवार्ड पनि मिलेमतोमा वा प्रियजन भएरै पाएका हुन् त दिपकराज गिरीले ? दिपकले साढे दुई दर्जनको हाराहारीका ति सबै अवार्ड उत्कृष्टताको लागि भन्दा प्रियजन भएकैले वा मिलेमतो गरेरै पाएको हुँ भन्ने स्वीकार्न सक्छन् । अन्यथा उनको त्यो आरोप आफुले अवार्ड नपाएको झोकमा क्षणिक आवेग थियो भन्नु बाहेक अरु केही नहोला । हैन भने अरुले पाउँदा मिलेमतो अनि आफुले पाउँदा निश्पक्ष भन्ने उनको सोच नै निश्पक्ष छैन ।


चलचित्रकर्मी र अवार्डको साइनो पनि गजबकै छ । आफुले पाउँदा उत्कृष्ट अनि आफुले नपाउदा सेटिङ भन्न उनीहरु पछि पर्दै पर्दैन् । केही चलचित्रकर्मीलाई अपबाद मान्दा चलचित्रकर्मीहरुमा अवार्डको भोक यस्तो देखिन्छ कि उनीहरु आफुले अवार्ड पाएन भने मिलेमतोमा अवार्ड बाडियो भन्न पनि पछि पर्दैनन् । यसो भनिरहदा अवार्ड आयोजक वा जुरी प्रभावमा पर्दैनन्, सबै अवार्डको रिजल्ट सर्वस्वीकार्य छ भन्न पनि खोजिएको होइन ।

कलाकार दिपकराज गिरी यस्ता कलाकार हुन् जसले अवार्डमा मिलेमतो र प्रियजनलाई बाँडिने भन्दै अवार्डमै सहभागी नहुने उदघोष गरे । तर, यतिबेला उनी स्वयम् अवार्ड थाप्न पुगेका छन् ।

कुरा केही वर्ष अघि बाटै शुरु गरौं । थुप्रै चलचित्रमा काम गरेपनि दिपकको चर्चा उनकै निर्माण रहेको चलचित्र ‘छ एकान छ’बाट भएको हो । यही चलचित्रको ब्यवसायिक सफलतासँगै दिपकराज गिरीको अवार्ड मोह छरपष्टै देखिन थाल्यो । उनले लोकप्रिय चलचित्र र त्यसैका कलाकार तथा प्राबिधिकले अवार्ड पाउनु पर्ने आशय ब्यक्त गर्न थाले । उनले चर्चित हुनु र उत्कृष्ट हुनु दुई फरक कुरा हुन् भन्ने बुझेनन् वा बुझेर पनि बुझ पचाए त्यो उनै जानुन् । लेन्स नेपालको रेकर्ड अनुसार उनले साढे दुई दर्जन हाराहारीमा चलचित्र अवार्ड पाएका छन् । शुरु शुरुका अवार्डमा दिपकराज गिरी स्वयम् कार्यक्रममा उपस्थित हुन्थे र अवार्ड उचाल्थे ।

अवार्ड पाएपछि केही अवार्डमा आयोजक र जुरीलाई धन्यबाद सहितका स्टाटस् सामाजिक सञ्जालमा लेख्थे त केहीमा कम बिधामा मात्र अवार्ड पाएको भन्दै ब्यङ्ग्य गर्थे । पछिल्लो केही वर्ष यता हो उनी अवार्डमा जान छोडेको । त्यो पनि एक अवार्ड समारोहमा अवार्ड नपाएको भन्दै तालि बजाउन आएको होइन भन्ने अभिब्यक्ति सहित उनीहरु बिचैमा उठेर हिडेपछि उनकै चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक सहित महत्वपूर्ण बिधामा अवार्ड पायो । दर्शक र समिक्षकहरुले दिपकको अवार्ड मोह र आफैले पाउनुपर्छ भन्ने उनको मान्यतालाई लिएर चर्को आलोचना गरेपछि उनले आलोचकबाट बच्न अवार्डमा सहभागी नै नहुने उद्घोष गरे । तर, उनको त्यो बोली लामो समय टिकेन ।

सन् २०१४ जुन १० मा ओफा अवार्ड लगत्तै उनले सामाजिक सञ्जालमा चलचित्र ‘छ एकान छ’ बाट एउटा मात्र बिधामा अवार्ड पाएको प्रति ब्यङग्य गरेका छन् । उनै दिपकराजले २०१४ डिसेम्बर ३ मा भने डि सिने अवार्डमा ‘छ एकान छ’ बाट ५ बिधामा अवार्ड पाउँदा आयोजक र जुरीलाई धन्यबाद दिएका छन् ।

तिनै दिपकराज गिरी एनएफडिसी अवार्ड २०७३ को बिचैमा निस्कीएपछि धेरैले उनको आलोचना गरे । आलोचकबाट बच्नका लागि गिरीले उल्टै आयोजक र जुरी प्रति मिलेमतो र प्रियजनलाई अवार्ड दिने गरेको आरोप लगाए र आफु कुनै पनि अवार्डमा सहभागी नहुने उद्घोष गरे । तर, उनले यो आरोपको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । आफुले पाएका अवार्ड पनि मिलेमतोमा वा प्रियजन भएरै पाएका हुन् त दिपकराज गिरीले ? दिपकले साढे दुई दर्जनको हाराहारीका ति सबै अवार्ड उत्कृष्टताको लागि भन्दा प्रियजन भएकैले वा मिलेमतो गरेरै पाएको हुँ भन्ने स्वीकार्न सक्छन् । अन्यथा उनको त्यो आरोप आफुले अवार्ड नपाएको झोकमा क्षणिक आवेग थियो भन्नु बाहेक अरु केही नहोला । हैन भने अरुले पाउँदा मिलेमतो अनि आफुले पाउँदा निश्पक्ष भन्ने उनको सोच नै निश्पक्ष छैन ।

ओफा अवार्डमा आफुले एउटा मात्र बिधामा अवार्ड पाउँदा कान्तिपुरलाई उल्लेख गर्दै आयोजक र जुरीलाई ब्यङ्ग्य गरेका दिपकले मंगलबार कान्तिपुर पढेनन् कि पढेर पनि नपढे जस्तो गरे । कान्तिपुरले लेखेको छ – ‘छ माया छपक्कै’बाट कलाकार दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा २०७७ मै प्रदर्शनमा आएको ‘सेल्फी किङ’का अभिनेता विपिन कार्की, ‘घामड शेरे’बाट निश्चल बस्नेतले गरेको अभिनयको न त त्यहाँ चर्चा नै भयो, न अवार्ड दिइयो ।

कान्तिपुरकै टिप्पणीलाई आधार मान्नेहो भने अन्य कलाकारले पो यो अवार्ड पाउनु पर्ने हो कि । कि तपाईले त्यो बेला लेखे जस्तै उनीहरुले पनि चित्त नबुझाएर के गर्नु त कुट्न जान मिलेन ।

दिपकले अवार्डमा सहभागी नुहने उद्घोष गरे पछि पनि उनले अवार्ड नपाएका होइनन् । ति सबै अवार्डमा उनको समुहका अन्य सहकर्मीहरु पुग्थे र उनको अवार्ड पनि ग्रहण गरिदिन्थे । अघिल्लो वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा पनि उनले नृत्य गर्ने खबर बाहिरियो । तर, दिपकलले नाच्ने त परको कुरा अवार्डमा पनि जान्न भन्ने अभिब्यक्ति दिए । यतिबेला धेरैले उनले निजी अवार्ड बहिस्कार गरेको तर, राष्ट्रिय अवार्ड लिन पुगेको भनेका छन् । यथार्थमा त्यस्तो पनि होइन । उनले राष्ट्रिय चलचित्र पुरस्कार २०७५ मा पनि नेपाली चलचित्रको बजार बिकासका लागि उत्कृष्ट योगदानका लागि अवार्ड पाएका छन् । त्यो अवार्ड पनि राष्ट्रपति भवन शितल निवासमै भएको थियो । राष्ट्रपति ले नै प्रदान गरेकी थिइन । उनी त्यो अवार्डमा पुग्दै पुगेनन् ।

यतिबेला उनी स्वयम् कार्यक्रममा उपस्थित भएर अवार्ड लिएपछि उनको बाली र ब्यवहारलाई लिएर आलोचना भइरहेको छ । उनी राष्ट्रपति कार्यलयबाट निम्तो आएकोले अवार्ड लिन पुगेको भन्दै आफ्नो बचाउमा उत्रिए । तर, सबैलाई थाहा भएकै कुरा हो कार्यक्रमको आयोजक चलचित्र बिकास बोर्ड हो, निम्ता पनि उसैले गर्ने हो । राष्ट्रपतिलाई त को को आउँदैछन् भन्ने पनि थाहा हुँदैन । किनकी उनी कार्यक्रमकी प्रमुख अतिथी मात्र हुन् । नेताहरुको बोलीको तुक हुन्न भन्दै पटक पटक ब्यङ्ग्य गर्ने दिपकको बोलिको पनि अब कुनै ठेगान रहेन । कुनै बेला चर्को कुरा गर्दै अवार्डमा सहभागी हुन्न भन्ने दिपकलाई यतिबेला आफैले अवार्ड उचाल्दा त्यही बोलिले गिज्याएन र !
 

तस्विर सौजन्यः दिपकराज गिरीको फेसबुक, ल्यामरनेपालडटकम र फिल्मीखबरडटकम

 

 

 

 

 

 

 

 

Mahajatra