चलचित्र खुल्ने टुङ्गो नलाग्दै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय

कोरोना भाइरसका कारण ५ महिनायता चलचित्र क्षेत्र ठप्प छ । निर्माणदेखि प्रदर्शनसम्म रोकिएको छ । चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुने केही टुङ्गो छैन । यद्यपी केही निर्माता निर्देशकहरु धमाधम चलचित्र निर्माणको घोषणामा ब्यस्त छन् ।
निर्माण घोषणा सम्म त ठिकै हो । चलचित्र क्षेत्र कहिलेबाट खुल्छ भन्ने टुङ्गो नलाग्दै निर्देशक दिपेन्द्र के खनालले भने प्रदर्शन मिति समेत टुङ्गाइसकेका छन् ।
उनको निर्देशनमा बनने चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति २०७८ साल भदौ ११ गतेका लागि तय गरिएको छ । खनाल र उनको टिमले चलचित्रको छायांकन प्रारम्भ नगर्दै यसको प्रदर्शन मिति तय गरेको हो ।
दिपेन्द्रले कोभिडको संक्रमण चाडै सकिने आशा राख्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ‘चिसो मान्छे’को निर्माण प्रक्रिया अगाडि बढाएको बताएका छन् । यसैले, चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको उनको तर्क छ ।
सामाजिक कथामा निर्माण हुने चवलचित्रमा दिपेन्द्को लेखन र छायाँकन समेत रहने छ भने शर्मिला पाण्डेले चलचित्रको निर्माण गर्नेछिन ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal