Mansara

‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

२०७८ पौष १६
‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

चैत ४ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । चलचित्रका नर्माता प्रबिन स्याङ्बा र सुष्मिता पराजुली हुन् भने सह निर्मातामा रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

दिन्शकै लेखन रहेको चलचित्रमा अजर जंगमको संगीत, उज्जल बस्ताकोटीको छायांकन र उज्जवल ढकालको सम्पादन रहेको छ ।