Mansara

‘चिसो एष्ट्रे’ प्रिमियर, चलचित्रकर्मी भन्छन् – भिजुअल ल्याङ्वेजमा नयाँ फड्को

२०७८ चैत्र २
‘चिसो एष्ट्रे’ प्रिमियर, चलचित्रकर्मी भन्छन् – भिजुअल ल्याङ्वेजमा नयाँ फड्को

चलचित्र ‘चिसो एष्ट्रे’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । मंगलबार साँझ राजधानीको सुन्धारा स्थित शिभिल मलमा सम्पन्न प्रिमियरमा चलचित्र हेर्ने चलचित्रकर्मीहरुले मुक्त कण्ठले प्रसंसा गरेका छन् ।

प्रिमियर पछि चलचित्रकर्मीहरुले चलचित्र निकै अब्बल रहेको प्रतिक्रिया दिएका छन् । केही चलचित्रकर्मीले त ‘चिसो एष्ट्रे’ हलिउड लेभवलको चलचित्र बनेको बताए ।

निर्देशक प्रदिप भट्टराईले चलचित्र हलिउड लेभलकै भएको बताए । उनले यो चलचित्रले लुट पछि नेपाली चलचित्र हिडेको धार नै परिवर्तन गर्ने क्षमता राख्ने प्रतिक्रिया दिएका छन् । प्रदिपले यसो भनिरहदा सँगै रहेका निर्देशक निश्चल बस्नेतले सहमति जनाउँदै भिजुअल ल्याङ्वेज परिवर्तनका लागि यो शशक्त चलचित्र भएको जनाए । प्रदिपले भिजुअल ल्याङ्वेजमा नेपाली चलचित्रले अर्को फड्को मारेको अनुभुति सुनाए । निश्चलले चलचित्रका धेरै पक्षहरु शशक्त रहेको प्रतिक्रिया दिएका छन् । उनले चलचित्रको भिजुअल ल्याङ्वेज कस्तो हुनुपर्छ त्यो यो चलचित्रमा देखिएको बताए । छायाँकन देखि कस्ट्युम सम्मको प्रंसासा गरेका निश्चलले केही कुराहरु भने अझै राम्रो गर्न सकिन्छ भन्ने लागेको प्रतिक्रिया दिए ।

यस्तै नायक राजेश हमालले चलचित्र आफ्नो स्वादमा परेको भन्दै राम्रो चलचित्रको दर्जा दिएका छन् । उनले हरेक कलाकारको कामको तारिफ गरेका छन् । चलचित्रले काठमाडौंको एउटा पाटोलाई शशक्त रुपमा देखाएको उनको भनाई छ । यस्तै अर्का कलाकार खगेन्द्र लामिछानेले यो चलचित्र आफुले गर्ने र हेर्ने भन्दा फरक पाएको बताए । चलचित्रको कथा भन्ने शैलीको प्रसंसा गर्दै उनले सबैले हेर्न लायक चलचित्र भएको प्रतिक्रिया दिएका छन् ।

कलाकार सन्तोष पन्तले पनि चलचित्र हलिउड लेभलको बनेको भन्दै युवा पुष्ताले मन पराउने प्रतिक्रिया दिएका छन् । समग्रमा उनले प्रफेक्ट चलचित्र भनेका छन् ।

चैत्र ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र हेर्न थुप्रै चलचित्रकर्मीहरु पुगेका थिए । प्रिमियरमा कलाकारहरु सन्दिप क्षेत्री, राजन खतिवडा, सरिता गिरी, महेश त्रिपाठी, लक्ष्मी बर्देवा, जेविका कार्की, जीवन भट्टराई, पूर्व मिस नेपाल माल्भिका सुब्बालगायत उपस्थित भएका थिए ।

उपस्थित पाहुनाको प्रतिक्रियाले चलचित्र निर्माण टिम थप उत्साहित देखिएको छ । दिन्स पाल्पालीको निर्देशन रहेको चलचित्रमा दिब्य देब, श्रृष्टि श्रेष्ठ, शुशिल पाण्डे, निकुन श्रेष्ठ, नबिन लम्साललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता महेशबाबु तिमिल्सिना हुन ।