Mahajatra

छक्का पन्जा ३ को आक्रामक ओपनिङ, चलचित्र हेर्न दर्शकको उच्च चाप

२०७५ असोज २४
छक्का पन्जा ३ को आक्रामक ओपनिङ, चलचित्र हेर्न दर्शकको उच्च चाप

चलचित्र छक्का पन्जा ३ ले आक्रामक ओपनिङ गरेको छ । दशैंलाई लक्षित गरी आजबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले मल्टिप्लेक्स सँगै सिंगल थियटहरुमा पनि उत्साहजनक व्यापार गरेको हो ।

देशभर १ सय २५ बढी हलमा करिब २०० पर्दा पाएको चलचित्र छक्का पञ्जा ३ हेर्न दर्शकहरुको चाप निकै देखिएको छ । बिहानी शो मा हलहरु हासउफुल भएका छन् । केही हलहरुमा पर्दा समेत थपिएका छन् । मल्टिप्लेक्समा अग्रिम रुपमा आक्रामक बुकिङ भइरहेको छ । चलचित्रलाई देशभरका मल्टिप्लेक्सले उच्च शो दिइरहेका छन् । एक हिसाबले भन्ने हो भने यतिबेला चलचित्रहलहरु छक्का पञ्जामय भइरहेका छन् ।

त्यसो त चलचित्र हेरेका दर्शकबाट साकारात्मक प्रतिक्रिया पाएका कारण यसको माउथ पव्लिसिटी अव्वल हुने आशा गर्न सकिन्छ । बिहानी शोमा दर्शकसँग साक्षत्कार गर्न गोपीकृष्ण हलमा पुगेको चलचित्रको टिमले पनि उत्साहजनक प्रतिक्रिया बटुलेको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल, नीर शाह, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय रहेको छ भने प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का विशेष भुमिकामा देखिएका छन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र छक्का पन्जा ३ लाई हाँस्यव्यङ्गय कलाकारहरुको समुहले निर्माण गरेको हो । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपानेले निर्माण गरेका हुन । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।