Modibeni
Numbari Sun

गोल्डेन डोर फेस्टिभलमा छानियो फूलमानको ‘सेलफोन’

२०७५ भाद्र २९

फूलमान बलको निर्देशन रहेको नेपाली लघु चलचित्र ‘सेलफोन’ अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ न्यु जर्सीमा चयन भएको छ ।

ढ्यांग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्ष कथा समेटिएको यो लघू चलचित्रलाई बलले नै लेखेका हुन् । सेलफोन प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको ‘सेलफोन’ १५ मिनेटको लघु चलचित्र हो ।

२० सेप्टेम्बरदेखि सुरु हुने चार दिने फेस्टिभलको फ्यामिली ड्रामा विधाअन्तर्गत ‘सेलफोन’ छानिएको हो । फेस्टिभलको तेस्रो दिन २२ सेप्टेम्बरमा सेलफोन प्रदर्शन हुनेछ । यो लघु चलचित्रमा उमेश तामाङ, शान्ति वाइबा, प्रेम लोप्चनलगायतले अभिनय गरेका छन् ।

यसमा संस्कृति र आधुनिकताबीचको संघर्ष तेस्रो विश्व मात्रै होइन, संसारभर नै छ भन्ने सन्देश प्रस्तुत गरिएको निर्देशक बलले जानकारी गराएका छन् । यसलाई ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायतले निर्माण गरेका हुन् ।

यो लघु चलचित्र केही वर्षअघि काठमाडौंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा उत्कृष्ट भएको थियो । त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बियालगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको अफिसियल सेलेक्सनमा चयनमा परेर प्रदर्शन भइसकेको छ ।

नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलैपिच्छे…’ बोलको गीत फेस्टिभलको म्युजिक भिडियो विधामा छानिएको छ । कृसु क्षत्रीको शब्द रहेको यो गीतसगै फेस्टिभलका लागि विश्वभरबाट झन्डै सय म्युजिक भिडियो छानिएका छन् ।

Gharjwai