चलचित्र ‘श्री बुकुरो’को दोस्रो टिजर सार्वजनिक

चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । सुदीप भुपाल सिंहको निर्देशन रहेको चलचित्रको टिजर बुधबार सार्वजनिक गरिएको हो ।
चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतका कलाकारको अभिनय छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायाँकन रहेको चलचित्रको छायाँकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो । चलचित्रको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।
चलचित्रबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi