हरिबंश आचार्यको गीत ‘बुढो हुन मन छैन’

लेन्सनेपाल २०७६ आषाढ २९
हरिबंश आचार्यको गीत ‘बुढो हुन मन छैन’

वरिष्ठ कलाकार हरिबंश आचार्यको गीत ‘बुढो हुन मन छैन’ सार्वजनिक भएको छ । महसञ्चारको युट्युव च्यानलबाट सार्वजनिक गीतमा बुढ्यौली उमेरका रहर र बाध्यता ठट्यौली पारामा प्रस्तुत गरिएको छ । उमेरले ६० पुगेका हरिवंशले बुढ्यौलीको अनुभूति गीतमार्फत राखेका छन् ।

गीतमा हरिबंशकै स्वर र शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोलाई सुदन केसीले निर्देशन गरेका हुन् । हरिवंशलाई नै फिचर्ड गरिएको भिडियोमा दिर्घ गुरुङको छायाँकन र नकुल खड्काको सम्पादन रहेको छ ।