Harsh
PR Banner

बक्स अफिसमा ‘जेरी अन टप’ बलियो, ‘सोल्टिनी’ सबैभन्दा कमजोर

२०८२ कार्तिक १७
बक्स अफिसमा ‘जेरी अन टप’ बलियो, ‘सोल्टिनी’ सबैभन्दा कमजोर

चलचित्र रिलिजको लागि आकर्षक मानिने दशैं र तिहारमा रिलिज भएका चलचित्र मध्ये ‘सोल्टिनी’ सबैभन्दा कमजोर सावित भएको छ । प्रचार प्रसार विनै प्रदर्शनमा होमिएको यो चलचित्रले जम्मा २८ लाख ८० हजारको ब्यापार गरेको छ । चलचित्र विकास बोर्डले दशैं र तिहारमा रिलिज भएका ७ वटा नेपाली चलचित्रको शनिबार सम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । ‘सोल्टिनी’ भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको थियो ।

यस्तै भाइटीकाको भोलिपल्ट रिलिज भएको चलचित्रको ‘मैझारो’ ब्यापार पनि दयनिय नै छ । यो चलचित्रले जम्मा १ करोड ९५ हजारको ब्यापार गरेको हो । यता भाइटीकाको दिन रिलिज भएको अर्को चलचित्र ‘वरिष्ठ बलराम’को ब्यापार २ करोड ४८ लाख ३० हजार रुपैयाँ छ । तिहारमा रिलिज भएका चलचित्रमा ‘वरिष्ठ बलराम’ सबैभन्दा अगाडी छ ।

यता तिहारको एक हप्ता अघि रिलिज भएको चलचित्र ‘जेरी अन टप’को व्यापार भने दशैं र तिहारका चलचित्रमा सबैभन्दा उच्च छ । ३ लाख ३३ हजार ६०५ टिकट बिक्रि हुँदा यो चलचित्रले १० करोड ५१ लाख ४८ हजारको व्यापार गरेको छ ।

‘जेरी अन टप’पछि दोस्रो धेरै कमाइ दशैंमा रिलिज भएको चलचित्र ‘बलिदान’ले गरेको छ । बलिदानले ५ करोड १० लाख ३४ हजारको व्यापार गरेको भने दशैंमा नै रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७१ लाख ३७ हजार र दशैंमा नै रिलिज भएको ‘माइतीघर’ले ४ करोड १५ लाख ५१ को ब्यापार गरेको छ ।