‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् ।
निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै चलचित्रमा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय चलचित्रमा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका रहने वा दाउरेको भन्ने केही खुलाइएको छैन् ।
चलचित्रको मुख्य भुमिकामा यसअधि अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । विजयको प्रवेशसँगै चलचित्रमा कलाकारको लाइनअप पनि बलियो बन्दै गइरहेको छ ।
विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको लेखन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हुनेछ ।
यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । चलचित्रको निर्मातामा सरिना लामा छिन् । चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal