‘बिहे पास’ का लागि अडिसन आव्हान

लेन्सनेपाल २०७७ फागुन १०
‘बिहे पास’ का लागि अडिसन आव्हान

चलचित्र ‘बिहे पास’का लागि कलाकार छनौट गर्न अडिसन आब्हान गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रको शिर्ष भूमिकामा दयाहाङ राई र प्रकृति श्रेष्ठ फाइनल भएपनि अन्य भूमिकाका लागि अडिसन आब्हान गरिएको जनाइएको छ ।

निर्देशक पौडेलका अनुसार चलचित्रका लागि २२ जना पुरुष र ५ जना महिला कलाकारको आबश्यकता रहेको छ । अडिसन फागुन ११ र १२ गते आयोजना हुँदैछ ।

रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा हुन् । तराई भेगमा छायाँकन हुने चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् ।