Modibeni
Numbari Sun

चलचित्र ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक

२०८१ जेष्ठ १५
चलचित्र ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । मदन थापाको लेखन र निर्देशन रहेको चलचित्रको सार्वजनिक २ मिनेट ३४ सेकेण्ड लामो ट्रेलरले चलचित्र थ्रिलर शैलीको रहेको स्पष्ट पारेको छ ।

भारतको चेन्नइँमा प्राविधिक कार्य भएको चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ । काठमाडौं फिल्मस्को व्यानरमा बनेको चलचित्र नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको हो ।

चन्दन झा निर्माता रहेको चलचित्रमा शरण ऋषिको छायांकन र एनबी महर्जनको द्वन्द्व छ ।

Gharjwai