चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

प्रकाश सपुत निर्देशित चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको गीतमा प्रकाशकै शब्द संगीत छ भने सुगम पोखरेल र समिक्षा अधिकारीले स्वर दिएका छन् । प्रेमिल भावको गीतमा स्वस्तिमा खड्का र प्रकाश फिचर्ड छन् ।
चलचित्र चैत्र २२ गते देखि प्रदर्शनमा आउने छ । चलचित्रमा प्रकाश र स्वस्तिमा सहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्र निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal