समीर भट्टको जन्मदिनमा ‘बलिदान’ को प्रि–टिजर
दशैंको फूलपातीमा प्रदर्शन हुने चलचित्र ‘बलिदान’ को प्रि–टिजर सार्वजनिक गरिएको छ । प्रि–टिजर चलचित्रका अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।
प्रि–टिजरमा अभिनेता विराज भट्टको देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशनमा समिरका एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ । समिरले बोलेको “आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म” भन्ने डायलगले उनको भूमिका देशभक्तिपूर्ण रहेको संकेत गरेको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन्, र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि–टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।
चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
