Mansara

कपिलले गर्लान त ? बद्री बहादुरको प्रचार !

२०८० चैत्र ६
कपिलले गर्लान त ? बद्री बहादुरको प्रचार !

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र बद्री बहादुर प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको बिहीवार ट्रेलर रिलिज हुदैछ । यो चलचित्रलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए ।

निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा उनीहरु बीच चलचित्रको विषयमा कुराकानी भएको हो ।

कुराकानीका क्रममा कपिलले आफू नेपाली चलचित्रको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले जानकारी दिए । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे चलचित्रका निर्मातामा हुन् । चलचित्र जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

चलचित्रमा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया र सम्पादन बन्दे प्रसाद रहेको छ ।