जय भोले राम्रो कोटीको चलचित्र – डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्नी हिशिला यमी संगै चलचित्र जय भोले हेरेका छन् । उनले राजधानीको सुन्धारा स्थित सिभिल मलमा रहेको क्युएफएक्स हलमा जय भोले हेरेका हुन ।
दर्शकसंगै बसेर चलचित्र हेरेका डा. भट्टराईले चलचित्र मन परेको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग करा गर्दै उनले आफुलाई यो स्तरको बनेको छ भनेर शुरुमा त्यति धेरै बिश्वास नलागेको तर ठिकठिकै होला, हेरौन त भनेर हेर्न आएको बताएका छन् । यद्यपी चलचित्रको शुरुको केही समय उनलाई मन परेनछ । तर, फाइट त्यति नरुचाउने भट्टराईले अन्त्य सम्म हेर्दे जादा चलचित्र आफुलाई मन परेको बताए । उनले अगाडी थपे – ‘यो सामाजिक फिल्म हो । मनोरञ्जनात्मक छ । हुन त चलचित्रलाई आ–आफ्नै तरिकाले बुझ्ने गरिन्छ । मेरो स्वभाव र रुचिका आधारमा चलचित्र रोचक लाग्यो । मनोञ्जनात्मक छ । समाजिक सन्देश मुलक छ । जातिय उत्पिडनका मुद्धाहरुलाई पनि सम्बोधन गरेको छ । यो चलचित्रलाई राम्रो कोटीमा राख्नु पर्छ ।’
त्यसो त नेतृ हिसिला यामीले पनि चलचित्र मन परेको बताएका छिन । उनले जय भोले हेरेसँगै नेपाली चलचित्र माथी उठेको आफुले पाएको समेत जनाएकी छिन । चलचित्रमा मनोरञ्जन र कला दुवै भएकोले आफ्नो पनको महशुश भएको समेत उनको प्रतिक्रिया छ ।
अशोक शर्मा निर्देशत चलचित्र जय भोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन ।
असोज ३० गते फुलपतीको दिन देखी प्रदर्शनमा आएको चलचित्र सफलताका साथ प्रदर्शन भइरहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal