‘बाबरी’को माग विदेशमा पनि उच्च, युरोप राइट्स पनि बिक्रि
चलचित्र ‘बाबरी’को माग विदेशमा पनि उच्च देखिएको छ । नेपालमा निकै राम्रो हाइप बनाइरहेको यो चलचित्रको दिन प्रतिदिन बिदेशमा माग बढिरहेको छ ।
नेपालमा असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘बाबरी’ हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्रि भइसकेको छ भने हालै मात्र युरोप राइट्स पनि बिक्रि भएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र केन्द्र मोशन पिक्चर्सले खरिद गरेको हो । यी दुई कम्पनिले चलचित्रको राइट्स खरिद गरेसँगै युरोपका बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सर्म्पक गर्नु पर्नेछ ।
सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर र धिरज टोटलानीको मुख्य भूमिका रहेको छ । रोमान्टिक कमेडी जनराको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निर्देशक पौडेलकै सम्पादन र सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराको लेखन रहेको छ । चलचित्रका निर्माता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
