‘मन बिनको धन’को गीत ‘बा आमा’ सार्वजनिक
प्रदर्शनरत् चलचित्र ‘मन बिनको धन’मा समावेश ‘बा आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।
चलचित्र देशैभरिका प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित चलचित्रले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । चलचित्र हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।
चलचित्रका कलाकारहरु राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् । पहिलो दिनमा ९५ शो पाएको चलचित्रले अहिले सवा सयको हाराहारीमा शो पाएको निर्माण पक्षको दाबी छ ।
चलचित्रमा अशोक दर्जी ,सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुलीलगायतका कलाकारको अभिनय छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रलाई विष्णुमाया मैनालीले निर्माण गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
