Mansara

‘लप्पन छप्पन २’बाट आशाबादी अर्पण

२०७८ फागुन १९
‘लप्पन छप्पन २’बाट आशाबादी अर्पण

सकेसम्म आफ्ना हरेक क्यारेक्टरमा नवितम स्वाद दिने प्रयत्न गर्ने कलाकार हुन अर्पण थापा । कतिमा सफल भए होलान कति चाहे जस्तो बनेनन् होला तर, उनको प्रयासमा इमान्दारिता झल्कन्थ्यो ।

आफ्नो क्यारेक्टरमा मेहनत गर्न रुचाउने उनै अर्पण अभिनत चलचित्र ‘लप्पन छप्पन २’ शुक्रबारबाट प्रदर्शनमा आँउदैछ । अन्य चलचित्रमा जस्तै यो चलचित्रमा पनि भिन्न क्यारेक्टरमा प्रस्तुत भएका र्अण निकै आशाबादी देखिएका छन् ।

‘लप्पन छप्पन’ले जुन सम्भावना देखाएको थियो त्यो भन्दा ‘लप्पन छप्पन २’ अझ उत्कृष्ट भएको अर्पणको दाबि छ । अर्पण एक्सन, सस्पेन्स, थ्रिलर जनरामा ‘लप्पन छप्पन २’ निकै उत्कृष्ट चलचित्र भएको बताउँछन् । दर्शकलाई मन पर्ने नपर्ने फरक कुरा हो तर, आशा लाग्दो चलचित्र बनेको उनको जिकिर छ । आफुले मात्र नभएर टिमका हरेक मेम्बरहरुले यो चलचित्रबाट आशा गरेको पनि उनले जनाए । हिट फल्प चलचित्र प्रदर्शन पछिको कुरा भन्दै अर्पण टिमका हरेक सदस्यले चलचित्र राम्रो बनाउन इमान्दार कोसिस गरेको बताउँछन् ।

चलचित्रमा कमेडी भिलेनको भुमिकामा देखिएका अर्पणलाई यो क्यारेक्टर डेपलभ गर्न भने त्यति भएनछ । कारण ‘लप्पन छप्पन’मा उनले निभाएको क्यारेक्टरकै निरन्तरता थियो ‘लप्पन छप्पन २’मा । बस् यसपटक ग्ल्यामर जोडिएको छ, कमेडी थपिएको छ । अर्पणकै शब्दमा भन्ने हो भने कलरफुल बनाइएको छ ।

मुकुन्द भट्टको निर्देशन रहेको चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै छ । चलचित्रमा अर्पणका अलवा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय छ ।

Mahajatra