९७औँ अस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र

९७औँ एकेडेमी अवार्ड ‘अस्कर’मा चलचित्र ‘अनोरा’ले वर्चश्व कायम गरेको छ । सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न समारोहमा यो चलचित्रले पाँच विधामा अवार्ड हात पारेको हो । सिन बेकर निर्देशित चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा विधामा अवार्ड जितेको हो ।
बेकरकै लेखन र सम्पादन समेत रहेको चलचित्र ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ । यो चलचित्रले कान्स फिल्म फेस्टिभलमा समेत ‘पाम दे ओर’ जितेको थियो ।
अस्करमा ‘अनोरा’पछि ‘द ब्रुटलिस्ट’ र ‘एमिलिया पेरेज’ले तीन–तीन विधामा अवार्ड प्राप्त गरेका छन् । ‘ड्युन पार्ट २’ र ‘विक्ड’ले भने समान दुई–दुई विधामा अवार्ड जितेका छन् । त्यसैगरी, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड ‘आइएम स्टिल हेयर’ले प्राप्त गर्यो । यो विधामा नेपालबाट चलचित्र ‘शाम्बाला’ पनि सिफारिस भएको थियो ।
मुख्य बिधाका विजेताहरु
चलचित्र : अनोरा
निर्देशक : सिन बेकर (अनोरा)
अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्री : मिकी माडिसन (अनोरा)
सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
सम्पादन : सिन बेकर (अनोरा)
छायांकन : लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
मौलिक पटकथा : सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन : विक्ड
एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइन : विक्ड
ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर : नो अदर ल्याण्ड
भिजुअल इफेक्ट : ड्युन पार्ट २
साउण्ड : ड्युन पार्ट २
लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स
अन्तर्राष्ट्रिय फिचर चलचित्र : आइएम स्टिल हेयर (ब्राजिल)
ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel