‘एक्टरः टेक वन’ को प्रदर्शन मिति हेरफेर
चलचित्र ‘एक्टरः टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ । पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४)मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको जनाइएको छ । निर्माण कम्पनी अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा बिज्ञप्ती जारी गर्दै अब यो चलचित्र माघ १६ गते बुधवारका दिन प्रदर्शन हुने जनाएको छ ।
चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले उल्लेख गरेको छ । चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको जनाइएको छ ।
चलचित्रमा प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्देशन राजन भुसालले गरेका छन् भने कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
