‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग जोडी पक्का

नायिका नीति शाहसँग चलचित्र ‘रुखान’मा नायक आर्यन अधिकारीले जोडी बाध्ने पक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा निर्माण पक्षले आर्यनलाई भित्राएको हो ।
अब, चलचित्रको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।
चलचित्रलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । चलचित्रमा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको चलचित्रका कार्यकारी निर्माता कलाकार सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।
चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्र निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal