‘के घर के डेराः घर नं २’को गीत ‘आँखा’ सार्वजनिक

२०८२ बैशाख ९
‘के घर के डेराः घर नं २’को गीत ‘आँखा’ सार्वजनिक

चलचित्र ‘के घर के डेराः घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक गरिएको ‘आँखा’ बोलको गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ ।

प्रेम जोडीको कथा बोल्ने गीतको लिरिकल भिडियोमा कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी बिचका ,बिभिन्न चल–अचल दृष्यहरु समावेश गरिएको छ । गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एकअर्काप्रति देखिएको प्रेम प्रस्तुत गरिएको छ । 

सोसल ड्रामा चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । जेठ २ गते रिलिज हुने चलचित्रमा बुद्धि सागरको लेखन र कृष्णबहादुर थापाको छायांकन रहेको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

Latest Updates

New Releases (Jestha 2)

Next Releases (Jestha 9)