Mansara

चलचित्र ‘आकासे खेती’ को ट्रेलर सार्वजनिक

२०७८ फागुन १२
चलचित्र ‘आकासे खेती’ को ट्रेलर सार्वजनिक

फागुन २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आकासे खेती’ को ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुब्बाले निर्देशन गरेको चलचित्रको ट्रेलर कमेडीले भरिएको छ ।

ट्रेलरमा एकैपटक पैसा कमाउने ध्याउन्नमा लागेका ३ युवाले १५ गते पैसा कमाउने योजना बुनिरहेका छन् तर, कसरी त्यसका लागि चलचित्र नै कुर्नु पर्नेछ । चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु लगायतको अभिनय रहेको छ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् । 

एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।