‘आ बाट आमा’को दुई पोस्टर सार्वजनिक
माघ १६ गतेलाई रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’का २ वटा पोस्टर सार्वजनिक गरिएको छ । बुधबार निर्माण टिमले चलचित्रको कथावस्तु झल्काउने गरिको दुई वटा पोस्टर सार्वजनिक गरेको हो ।
चलचित्रमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’ भन्नै स्लोगन राखिएको छ । यस शब्दले पनि आमा बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ । एउटा पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुशी देखिएका छन् । सोही ठाउमा साइग्रेस पोखरेल पनि खुशीमुन्द्रामा देखिन्छन् । त्यसपछि अर्को पोस्टरमा भने सबै भावुक छन् । श्रीमान श्रीमतीको भुमिकामा रहेको विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भुमिकामा रहेका पल शाहको रगताम्य छन् ।
आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको चलचित्र आर्या पन्तको प्रस्तुति हो ।
चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतमलगायतको अभिनय छ । चलचित्रमा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमानवराज उप्रेतीको डिओपी र कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
