महाशिवरात्रीको अवसर पारी ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा

महाशिवरात्रीको अवसरमा ३ नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका ३ वटै चलचित्र चर्चामा रहेका कारण नेपाली चलचित्र बजार चलायमान हुने अपेक्षा गरिएको छ ।
कुरा शुरु चलचित्र ‘फेरि रेशम फिलिली’बाट गरौं । मंगलबार साँझ राजधानीमा प्रिमियर गरिएको चलचित्रले चलचित्रकर्मी र पत्रकारबाट सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्रले २०७२ मा रिलिज भएको ‘रेशम फिलिली’कै झल्को दिएको धेरैले बताएका छन् । निरोज महर्जनको निर्देशन रहेको चलचित्र ‘फेरि रेशम फिलिली’ ‘रेशम फिलिली’को सिक्वेलका रुपमा बनेको हो । निर्देशक महर्जनकै कथा रहेको चलचित्र कमेडी जनराको हो । चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यस्तै अर्को चर्चित चलचित्र हो ‘लाज शरणम्’ । लोकप्रिय हाँस्य टेलिश्रृखला ‘सक्किगोनी’को टिमले चलचित्र निर्माण गरेको हो । कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, प्रियाना आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ । हाँस्यव्यङ्गका साथै सामाजिक विषयवस्तु चलचित्रले प्रस्तुत गरेको जनाइएको छ । ट्रेलर रिलिज बिना नै यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।
अर्को चलचित्र ‘मायावी’ लभ स्टोरी जनराको हो । दुई कमेडी जनराका चलचित्रहरुको विचमा यो चलचित्रले प्रेम कथा मन पराउने दर्शकलाई आकर्षण गर्न सक्छ । सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको छ । दिवाकर भट्टराइृको निर्देशन रहेको चलचित्रमा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, समीम खान लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
यस्तो छ ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को कलेक्सन
-
-
‘मैझारो’को ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको नृत्य
-
-
‘माइतीघर’को भिडियो प्रतियोगीतामा कसले जित्यो ५ लाख पुरस्कार ?
-
नृत्यमा पनि चर्चा बटुल्दै विजय, रुचाइयो ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’
New Releases (Ashwin 13)
-
Maitighar
Director : Milan Tamang
Casts : Dhiraj Magar, Upasana Singh Thakuri, Kedar Ghimire, Prakash Saput, Yubaraj Lama -
Hari Bahadur Ko Jutta
Director : Dipendra K. Khanal
Casts : Hari Bansha Acharya, Swastima Khadka, Prakash Saput, Priyanka Karki, Divya Dev
Next Releases (Ashwin 31)
-
Jerry On Top
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Aanchal Sharma, Kedar Ghimire, Usha Khadgi