‘सयकडा दश’ ट्रेलर सार्वजनिक

चलचित्र ‘सयकडा दश’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एका समारोहका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
भष्ट्राचार बिरुद्ध प्रेम भनिएको चलचित्रलाई भष्ट्राचार बिरोधी अभियानका रुपमा अर्थाइएको छ । रामशरण पाठक निर्देशित चलचित्रमा भष्ट्राचार बिरुद्धको कथा भनिएको छ । चलचित्रमा चर्चित हाँस्य कलाकार मनोज गजुरेलको साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।
राजाराम पौडेलले चलचित्रका कार्यकारी निर्माता समेत हुन । पहिलो पटक चलचित्र निर्माणमा हात हालेका पौडेलले यो चलचित्रबाट आफुलाई भन्दा पनि देशलाई नाफा होस् भन्ने उद्देश्य राखेको जनाएका छन् । कार्यक्रममा बोल्दै उनले जिन्दगीमा रहरले अनि पैसा कमाउनकै लागि धेरै चलचित्र खेलेको तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भइरहेको बताए । विशेषगरि युवालाई सयकडा दश हेर्न उनको आग्रह छ । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको भूमिकामा देखिएका छन् ।
यता निर्देशक पाठकले समाज र राजनीतिसँग चलचित्रको कथावस्तु सीधै जोडिएकाले दर्शकले अपनत्व महसुस गर्ने बताए । प्रेम भर्सेस भ्रष्टाचार बटमलाइन रहेको चलचित्रलाई स्वयम पाठकले लेखेका हुन् । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र माघ १८ गतेबाट प्रदर्शन हुँदैछ ।
उक्त अवसरमा चलचित्र प्राविधिक संघ (नेफ्टा)का नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरिएको थियो ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi