Upahaar

UA Feature Film DramaMar 08, 2024Hall Release

News

‘उपहार’को माउथ पब्लिसिटी अब्बल

लेन्सनेपाल २०८० फागुन २७
‘उपहार’को माउथ पब्लिसिटी अब्बल

माउथ पब्लिसिटी अब्बल हुँदा चलचित्र ‘उपहार’को ब्यापारमा सकारात्मक प्रभाव परेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको शनिबार देशभरका हलमा ८० प्रतिशत भन्दा बढी अकुपेन्सि थियो । आइतबार पनि चलचित्रको ब्यापार राम्रो देखिएको छ ।

खासगरि देशभरका सिंगल थियटरहरुमा चलचित्रले राम्रो ब्यापार गरेको देखिन्छ । शनिबार राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज बिएसआर लोत्से मल सहित नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाट गर्न पुगेका थिए । निर्देशक देउजाका अनुसार दर्शकहरुको प्रतक्रिया निकै उत्साहजनक छ ।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्र ज्ञानेन्द्र देउजाको निर्देशन छ । चलचित्रमा रेखा थापा, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।