Saili

Feature Film Mar 29, 2019Hall Release

News

मोफसलमा प्रचारलाई तिब्र बनाउँदै ‘साईली’

लेन्सनेपाल २०७५ फागुन २७
मोफसलमा प्रचारलाई तिब्र बनाउँदै ‘साईली’

चलचित्र ‘साईली’ निर्माण टिमले मोफसलबाट आफ्नो प्रचारलाई तिब्रता दिएको छ । चलचित्रको टिम यतिबेला पूर्वमा पुगि पत्रकार भेटघाट तथा कलेज केन्द्रित प्रचारलाई तिब्रता दिइरहेको छ । टिममा कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधानलगायत रहेका छन् । पूर्वका बिभिन्न कलेजहरुमा पुगेको टिमले विधार्थीसँग अन्तरक्रिया समेत गरेको छ ।

गौरव, दयाहाङ र मेनुकासँगै माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकार अभिनय रहेको चलचित्रलाई रामबाबु गुरुङले लेखन निर्देशन गरेका हुन । आर्थिक रुपमा थिचिएको एक युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा चलचित्रले देखाएको छ ।


जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सहनिर्माताको रहेको चलचित्रको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।