Prasad

PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release

News

आक्रामक व्यापार गर्दै ‘प्रसाद’, जित्यो दर्शकको मन

लेन्सनेपाल २०७५ मंसिर २२
आक्रामक व्यापार गर्दै ‘प्रसाद’, जित्यो दर्शकको मन

चलचित्र ‘प्रसाद’ले आक्रामक शुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको प्रसादलाई मल्टिप्लेक्सले उपलव्ध गराएका शोहरु हाउस फूल देखिएका छन् । आक्रामक बुकिङका कारण क्यूएफएक्सले शो समेत थप गरेको छ । मल्टिप्लेक्सको ठूलो च्यानल क्यूएफएक्सले शुरुमा १२ शो दिएको भएपनि शो बढाउँदै १६ पुर्याएको छ । वितरकका अनुसार आक्रामक बुकिङ र अक्सर शो हरु हाउसफूल भएका कारण शोहरु थपिएको हो ।

यता सिंगल थियटरमा समेत प्रसाद आक्रामक देखिएको छ । राजधानीका गोपीकृष्ण, अष्टनारायण लगायतका हलहरुमा दर्शकको चाप उच्च भएको जानकारी प्राप्त भएको छ । राजधानी बाहिर पनि प्रसाद अधिकांश हलहरुमा हाउसफूल भएको छ । शुक्रबारको तुलनामा शनिबार प्रसादको व्यापार थप आक्रामक देखिएको छ । सार्वजनिक विदा र माउथ पव्लिसिटीका कारण पनि शनिबार प्रसाद हेर्न दर्शकको चाप उच्च देखिएको हो ।

दिनेश रातउले निर्देशित चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार बिहान कलाकार नम्रता श्रेष्ठ, निर्देशक राउत, निर्माता सुभाष थापा सहितको टिम राजधानीका केही हलहरुमा पुगि दर्शकको प्रतिक्रिया लिएको छ । जहाँ दर्शकबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित देखिएको छ । दर्शकले चलचित्रको विषय वस्तु, प्रसतुति अनि कलाकारको कामको खुलेरै तारिफ गरेका छन् । केही दर्शकले आँसु थाम्न नसकेको जनाएका छन् । शुशिल पौडेलको लेखन रहेको चलचित्रमा बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।