Prasad

PG 130 mins Feature Film Drama, SocialDec 07, 2018Hall Release

News

चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक

लेन्सनेपाल २०७५ असोज २८
चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक

चलचित्र प्रसादको दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘बनकी चरी’ बोलको गीत लोकलयमा आधारित रहेको छ ।

बि पाण्डेको शब्द रहेको गीतमा रुपक डोटेल र अन्जु पन्तको आवाज रहेको छ भने सुबाष भुषालको संगीत छ । गीतमा निश्चल बस्नेत र अञ्जली अधिकारीले नृत्य गरेका छन् भने विपिन कार्की गायकको रुपमा प्रस्तुत भएका छन् । गीतमा चलचित्रमा शिव बिकको कोरियोग्राफी छ । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ । चलचित्र पत्रकार सुशिलले यसै चलचित्रबाट लेखनमा पनि हात हालेका हुन । विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।सुवास थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा सुवास थापाको लगानी रहेको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । चलचित्रमा विपिन र निश्चलका अलवा नम्रता श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ ।

यस अघि चलचित्रको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो  । चलचित्रको थीम दर्शाउने गरि केही भिज्वयल र तस्विरहरु प्रयोग गर्दै सार्वजनिक गरिएको गीतले निकै प्रसंसा पाइरहेको छ ।

निर्देशकका कारण संगीतकारले झण्डै छोडेका थिए, प्रसाद ! तर, हिट भयो लै... लै...

चलचित्र प्रसादको थीम गीत ‘लै लै’ सार्वजनिक