Prasad 2

UA 134 mins Feature Film Love StoryApr 28, 2023Hall Release

News

‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने

लेन्सनेपाल २०७९ चैत्र २८
‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने

चलचित्र ‘प्रसाद २’ बैशाख १५ गतेबाट प्रदर्शन हुने भएको छ । गत शुक्रबार प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र अदालतको आदेशका कारण रोकिन पुगेको थियो ।

उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चलचित्र प्रदर्शनको बाटो खुलेको थियो । केशब पाण्डेले निर्माता सुभाष थापा बिरुद्ध दिएको रिटमा अदालतले शुरुमा अन्तरिम आदेश दिएको थियो ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा बिपिन कार्की, अर्पण थापा, केकी अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई शुशिल पौडेलले लेखेका हुन् ।