Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

दिनेश राउतको ‘प्रकाश’का लागि कलाकारको खोजी

लेन्सनेपाल २०७७ मंसिर २२
दिनेश राउतको ‘प्रकाश’का लागि कलाकारको खोजी

दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । मुख्य अभिनेताका रुपमा यस अघि नै प्रदिप खड्कालाई फाइनल गरेको निर्माण टिमले अन्य कलाकारको खोजी गरेको हो । यद्यपी काटिङ कलमा मुख्य अभिनेताको पनि खोजी गरिएको देख्न सकिन्छ ।

निर्माण टिमले १६ देखि १८ बर्ष उमेरकी नायिकाको खोजी गरिएको छ । यस्तै, २० देखि २२ बर्ष भित्रका नायकको पनि खोजी गरिएको छ । यस्तै, चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार(पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार(पुरुष र महिला)को खोजी गरिएको छ ।

विकास सुवेदीको लेखन रहने चलचित्रको लागि कलाकारको अडिसन डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना गरिनेछ ।

वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको ‘प्रकाश’मा दुर्गम भेगको एक पात्र मार्फत गम्भिर विषयको उठान गर्ने छन् । दुर्गम भेगको एक पात्रले देख्ने सपना माथी चलचित्रको कथा आधारित रहने छ ।